'राहत बाँड्ने नाममा नेता, सांसद र मन्त्रीले नै काेराेना सारे'

 वैशाख ३१, २०७७ बुधबार १५:५४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रामनारायण बिडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाउनुभएको छ । 

सांसद बिडारीले राहत बाँड्ने नाममा गाउँगाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद, नेता र सांसदहरुले कोरोना सङ्क्रमण फैलाएको आरोप लगाउनुभएको हो । 

राहतका कार्यक्रम पालिकाबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भए पनि कसैले नपाएजस्तो गरी नेताहरु गएर कोरोना सङ्क्रमण फैलाएको आरोप उहाँले लगाउनुभयो । 

अहिलेको अवस्थामा उत्पादन भएका तरकारी, दूध र अण्डा सरकारले किनेर जनताको घरमा पुर्‍याउनुको सट्टा गफ गरेर नहुने उहाँले बताउनुभयो । त्यसका लागि कानुन निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो ।

भारतले नेपाली भूमि अतिक्रण गरेको विषयमा सांसद बिडारीले नरेन्द्र मोदी सत्तामा आएदेखि नेपाललाई हैरान गरेको बताउनुभयो । संविधान निर्माणमा बाधा, नाकाबन्दी र सिमानामा मनलाग्दी काम गरेर नेपाललाई मोदी सरकारले हैरान पारेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया