विदेशमा दु:ख पाएका नेपालीलाई तत्काल नेपाल फर्काऊ : चिकित्सक सङ्घ

 बैशाख ३१, २०७७ बुधबार १८:६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – चिकित्सक सङ्घले विदेशमा मेडिकल शिक्षा पढिरहेका विद्यार्थीलाई तत्काल नेपाल ल्याउन माग गरेको छ ।

मेडिकल शिक्षा पढ्न बङ्गलादेश गएका पाँच सय ६४ जना विद्यार्थीको अवस्था अत्यन्तै दयनीय रहेको तथा फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायत, अमेरिकालगायतका देशमा रहेका नेपाली विद्यार्थीहरुले नेपाल आउनको लागि चिकित्सक सङ्घलाई सहजीकरण गरिदिन अनुरोध गरिरहेको सङ्घले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड पुर्‍याएर उनीहरुको स्वदेश फर्कन पाउने हकको सम्मान गर्न चिकित्सक सङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

सङ्घले अरब देशमा नेपाली कामदारको अवस्था नाजुक बन्दै गएको भन्दै तत्काल उनीहरुको उद्धारमा पहल गर्न पनि सरकारसँग अनुरोध गरेको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया