प्रधानमन्त्रीकाे आह्वानमा सर्वदलीय बैठक सुरु, सीमा विवादबारे छलफल हुने

 बैशाख ३१, २०७७ बुधबार १७:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएकाे बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीको सहभागिता छ । बैठकमा नेपाली भूमि लिपुलेक हुँदै भारतले बाटो बनाएपछि भारतसँग कसरी कुरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले राय लिनुहुनेछ ।

पटक पटक कुटनीतिक नोट र वार्ताको लागि पत्र पठाउँदा पनि भारतले नटेरेपछि के गर्ने भने भन्नेबारेमा उहाँले सत्तापक्ष र विपक्षी दलका नेताहरुको धारणा लिनुहुनेछ । 

यस्तै पछिल्लाे समय कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारकाे भावी कदमबारे पनि बैठकमा छलफल हुनेछ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया