बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आफूहरुलाई पनि अनलाइन कक्षामा सहभागी गराउन र पारिश्रमिक दिन माग गरेका छन् ।
विश्वविद्यालयका आङ्गिक क्याम्पसहरुमा अनलाइन कक्षाको तयारी भइरहेको बेला क्याम्पसहरुले आंशिक प्राध्यापकलाई कक्षा लिने र पारिश्रमिक दिनेबारे ठोस रुपमा निर्णय हुन नसकेको भन्दै आंशिक प्राध्यापकहरुले त्रिविको ध्यानाकर्षण गराएका हुन् ।
कोरोना भाइरसको महामारीको बेला मन्त्रिपरिषद्को निर्णयअनुसार अहिले रोजगारीमा रहेका कुनै पनि श्रमिकको रोजगारी र आयआर्जनमा कटौती नगर्न भनिए पनि त्रिभुवन विश्वविद्यालयले यसको उल्लङ्घन गरिरहेको आंशिक प्राध्यापक सङ्घ त्रिचन्द्र क्याम्पस इकाइले जनाएको छ ।
अनलाइन कक्षाका लागि विश्वविद्यालय अनुदान आयोगले रकम छुट्याए पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले त्यो बजेटको उचित व्यवस्थापन गर्नुपर्नेमा विना सुविधा आंशिक प्राध्यापकहरुलाई कक्षा लिन बाध्य पार्न खोजिरहेकाले विरोध गर्नुपरेको आंशिक प्राध्यापक सङ्घ सङ्घर्ष समितिका पूर्वअध्यक्ष शशीकुमार शर्माले बताउनुभयो ।
राज्यले घोषणा गरेको न्यूनतम पारिश्रमिकको सिद्धान्तलाई समेत त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि उल्लङ्घन गर्दै आएको र अहिले सङ्कटकाे बेलामा पारिश्रमिक काट्ने र अनलाइन कक्षाको नाममा थप सङ्कट सिर्जना गर्नु दुःखद भएको सङ्घले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।