कोभिड–१९ का कारण स्वास्थ्य सुविधा अभावमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ : यूनिसेफ

 जेठ १, २०७७ बिहीबार ७:०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले कोभिड–१९ को महामारीका कारण पर्याप्त स्वास्थ्य सुविधा नपाएर बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ ।

दक्षिण एसियामा अबको ६ महिनामा पाँच वर्षमुनिका ४ लाख भन्दा धेरै बालबालिकाको ज्यान जाने जोखिम भएको भन्दै युनिसेफले सावधानी अपनाउन आग्रह गरेको छ ।

युनिसेफले निकालेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै भारतमा तीन लाख बालबालिका, पाकिस्तानमा ९५ हजार, बंगलादेशमा २८ हजार, अफगानिस्तानमा १३ हजार र नेपालमा चार हजार बालबालिकाको ज्यान जान सक्ने चेतावनी दिएको हो ।

अध्ययनले विश्वका १ सय १८ देशमा गरि ५ वर्षमुनिका १२ लाख बालबालिकाको ज्यान जान सक्ने देखाएको युनिसेफले जनाएको छ । स्वास्थ्य प्रणाली कमजोर भएको देशमा कोभिड १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि मात्रै ध्यान दिँदा बालबालिकामा असर पर्ने भएकाले बेलैमा ध्यान दिन सुझाव दिइएको छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया