बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
सोलुखुम्बु - महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराती र प्रमुख प्रशासकीय अधिकृत लवुन राईसहित आठ जनालाई क्वरेण्टीनमा राखिएको छ ।
काठमाण्डौमा रहेका महाकुलुङबासीहरुलाई राहत बाँढेर गाउँ फर्किएका अध्यक्ष किरातीसहित आठ जनालाई गाउँपालिकाले बनाएको क्वरेण्टीनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिनुभयो ।
सबै जनालाई एक हप्ता क्वरेण्टीनमा राखेर र्यापिड टेष्ट गरेर उनीहरुलाई घर पठाइने पनि संयोजक आचार्यले जानकारी दिनुभयो । काठमाण्डौमा बसेर मजदुरी गर्दै आएका महाकुलुङ गाउँपालिकाका सात सय २१ परिवारलाई राहत बाँडेर फर्किएको अध्यक्ष किरातीले बताउनुभयो ।
काठमाण्डौमा रहेका परिवारलाई प्रति परिवार एक बोरा चामल, चार किलो दाल र एक लिटर तेल दिएको उहाँले बताउनुभयो ।
राहत बाँड्ने क्रममा धेरै मानिसको सम्पर्कमा पुगेकोले आफुहरुमा हुन सक्ने सम्भावित कोरोना सङ्क्रमण गाउँमा नफैलियोस भनेर क्वरेण्टीनमा बसेको पनि अध्यक्ष किरातीले जानकारी दिनुभयो । एक हप्तासम्म अध्यक्ष मार्फत गरिने काम क्वरेण्टीनबाटै व्यक्तिगत दुरी कायम गरेर पुरा गरिने पनि उहाँले बताउनुभयो ।
गाउँपालिकाले यस अघि जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरु लगायतको सेवा सुविधाबाट निश्चित दिनको रकम कटाएर साढे १५ लाखको कोष बनाउनुको साथै प्रदेश र पालिकाको बजेटबाट राहत वितरण तथा काठमाण्डौबाट घर फर्किन चाहने ४ सय ७८ जनालाई घर फर्काइएको पनि अध्यक्ष किरातीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।