बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
रसुवा - रसुवाका दुई अस्पतालमा स्वाब कलेक्सन बुथ सञ्चालनमा आएको छ ।
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण हुनबाट जोगाउन धुन्चेमा रहेको रसुवा अस्पताल र जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पतालमा बुथ सञ्चालन ल्याइएको हो ।
नेपाल इन्जिनियरिङ एसोसिएसन वाग्मती प्रदेशले दुईवटा अस्पताललाई बुथ हस्तान्तरण गरेको हो । कोरोनाको शंकास्पद बिरामीको स्वाब कलेक्सनको लागि बुथ सञ्चालनमा ल्याइएको इन्जिनियर विकास भट्टले बताउनुभयो । बिरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सर्नसक्ने जोखिम न्यूनीकरण गर्नका लागि बुथ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।
यसअघि स्वास्थ्यकर्मीले बिरामीलाई छोएरै स्वाब संकलन गर्दै आएका थिए । बुथ सञ्चालनमा आएसँगै स्वाब संकलन गर्दा बिरामी र स्वास्थ्यकर्मी बीच प्रत्यक्ष भेट नहुने भएको छ ।
यसले पछिका दिनमा अन्य सरुवा रोगको नमुना संकलन गर्दा समेत सहयोग पु¥याउने विश्वास लिइएको छ । बुथमा इनलेट अक्सिजन र आउटलेट अक्सिजनको व्यवस्था छ । जसबाट बुथभित्र रहने स्वास्थ्यकर्मीलाई पर्याप्त अक्सिजन प्राप्त हन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।