आजदेखि लकडाउनमा अझै कडाइ

 जेठ १, २०७७ बिहीबार १२:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले लकडाउनलाई आजदेखि फेरि कडाइका साथ लागू गरेको छ । 

लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो । उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो ।

लकडाउन खुकुलो बनाएसँगै कोरोना सङ्क्रमितको संख्या पनि बढेको छ । कोरोना भाइरस सङ्क्रमण फैलने सम्भावना उच्च भएपछि बिहीबार (आज) देखि पुनः लकडाउनलाई कडाईका साथ लागू गरेको छ । जसका कारण फेरी जनजीवन प्रभावित भएको छ ।

बिहीबार उपत्यकाका सडकमा पुग्दा सुरक्षाकर्मीहरुले सवारी जाँचलाई कडाइ गरेको देखिन्छ । सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिएको छ । अत्यावस्यक सेवाका साधनहरु, उपभोग्य वस्तुका साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सवारी साधनलाई चेकजाँच गरी प्रहरीले छाडने गरेको छ । सवारी पास नभएका सवारी साधनलाई भने नियन्त्रणमा लिएको छ ।

उपत्यकाका भित्री सडकहरुमा अत्यावस्यक उपभोग्य खाद्य पसलहरु खुलेका छन् भने मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरेको देखिन्छ । यस्तै कतिपय भित्री सडकहरुमा स्थानीयहरुले बाटो बन्द गरेका छन् ।

अनावश्यक सवारी सधनको आवागमन भित्री सडकबाट हुन थालेपछि स्थानीयले बाटो छेकबार गरी बन्द गरिदिएका छन् । यस्तै अपरिचित व्यक्तिलाई प्रवेश निशेध लेखिएका ब्यानरहरु बाटोमा राखिएको देखिन्छ ।

गत चैत ११ गतेदेखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनको आज ५२ औं दिन हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म २ सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेको छ ।

जसमध्ये ३५ जना निको भएका छन भने २ सय ४५ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म २१ हजार ३ सय ६६ पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने ६० हजार ३ सय १९ जनाको आरडीटी परीक्षण भएको छ । अहिले देशभर १४ हजार ३ सय १३ जना क्वरेण्टीनमा रहेका छन् ।   

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया