बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले क्वरेण्टीनमा बसेकाहरुलाई जेठ ५ गतेपछि घर पठाइने बताउनुभएको छ । १४ दिन क्वरेण्टीनमा बसेकाहरुको हकमा आरडीटी र अन्यको हकमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने उहाँले बताउनुभयो ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा मन्त्री ढकालले भन्नुभयो, ‘क्वरेण्टीनमा रहेका व्यक्तिहरु, १४ दिन पुगेकाहरुको हकमा आरडीटी र समय नपुगेकाहरुको हकमा पीसीआर वा अस्पतालको जिम्मा लगाउने तयारी भएको छ । ५ गतेपछि रिपोर्ट नेगेटिभ आएकाहरु घर पठाइन्छ ।’
मन्त्री ढकालले उपत्यकामा जनसङ्ख्याको अनुपातमा परीक्षण न्यून रहेकाले बढाउने तयारी गरेकाे बताउनुभयो । सरकारले उच्च जोखिममा रहेका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उहाँले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।