डिजेलमा पानी मिसाउने फ्युल सेन्टरलाई दुई लाख रुपैयाँ जरिबाना

 जेठ २, २०७७ शुक्रबार ६:५३:४० | रासस
unn.prixa.net

भक्तपुर - मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीमा रहेकाे सिद्धार्थ फ्युल सेन्टरलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको छ ।

गएकाे वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गरी पम्प बन्द गरेका थिए ।

गुणस्तर विभागमा पठाइएको नमुना परीक्षणमा पानी मिसिएको भेटिएपछि उक्त सेन्टरलाई बिहीबार उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाहीस्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागका अनुगमन निरीक्षक दीपकराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभाग र आयल निगमले उक्त सेन्टरलाई छुट्टाछुट्टै कारबाही गर्नेछन् । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया