प्रदेश १ : थप १ जना कोराेना सङ्क्रमित डिस्चार्ज

 जेठ २, २०७७ शुक्रबार ८:४:१४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - कोशी  अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत एक जना शुक्रबार डिस्चार्ज भएका छन् ।  

डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्मद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए ।

आज डिस्चार्ज भएका सुल्तानमा गएकाे वैशाख ५ गते उदयपुरको भुल्केमा सङ्क्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वरेन्टीनमा राखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

अस्पतालमा अब १८ जना उपचाररत रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जना गरी प्रदेश १ मा जम्मा ३५ जनामा काेराेना सङ्क्रमण देखिएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया