कोरोना भाइरसलाई जित्नुको विकल्प छैन : राष्ट्रपति भण्डारी

 जेठ २, २०७७ शुक्रबार १६:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस शताब्दीकै ठूलो महामारीका रुपमा आएको बताउनुभएको छ । 

यसबाट बच्न स्वास्थ्य सेवालाई चुस्त बनाउनुपर्ने आवश्यकता देखिएकाे उहाँकाे भनाइ छ । आर्थिक वर्ष २०७७/७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले अदृश्य शत्रुविरुद्ध विश्व नै लडिरहेको र यो कहिले नियन्त्रणमा आउँछ भन्ने थाहा नभएकोले योविरुद्धको जितको विकल्प नभएको बताउनुभयो । 

कोरोनाबाट हुने आर्थिक क्षतिको पूर्तिलाई आउँदो दिनमा अन्वेषण गरेर पूरा गर्न सकिने तर मानवीय क्षतिको पूर्ति हुन नसक्ने उहाँको भनाइ छ । मानवसँगै विचार र उसको क्षमताको क्षति पनि अपुरणीय हुने भएकाले यसलाई रोक्नु सबैको सर्वाेच्च कर्तव्य हुन आएको राष्ट्रपति भण्डारीको भनाइ छ । 

कोरोनाले विश्वका सवै देशको अर्थ व्यवस्थामाथि गम्भीर धक्का पुर्‍याएको, पर्यटन ठप्प रहेको र उत्पादन र वितरण प्रणाली प्रभावित हुँदा लाखौँको रोजगारी गुमेको उहाँले बताउनुभयो  । 

कोरोनाले दिगो विकास लक्ष्य पूरा गर्न ठूलो व्यवधान खडा भएकाे भण्डारीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया