कृषि उत्पादनलाई अबको १० वर्षभित्र दोब्बर बनाइने

 जेठ २, २०७७ शुक्रबार १६:५०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कृषि उत्पादनलाई अबको १० वर्षमा अहिलेको भन्दा दोब्बर बनाउने लक्ष्य लिएको छ ।  

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउन कृषिमा व्यवसायीकरण गर्न सरकारले विशेष कार्यक्रम ल्याउने भएको बताउनुभयो । 

उहाँले कृषिको व्यवसायीकरणका लागि कृषि पूर्वाधार विकासका लागि आउँदो वर्षका लागि ठूलो लगानी गर्न लागिएको बताउनुभयो । कृषिलाई व्यवसायीकरणका लागि पूर्वाधाधार विकास अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया