यस पटक 'मेरो सरकार'काे सट्टा 'वर्तमान सरकार', 'नेपाल सरकार'

 जेठ २, २०७७ शुक्रबार १६:५९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दा 'मेरो सरकार'को सट्टा 'नेपाल सरकार', 'वर्तमान सरकार' र  'सरकार' उल्लेख गर्नुभएको छ । 

अघिल्लो वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उहाँले 'मेरो सरकार' भनेपछि आलोचना भएको थियो । राष्ट्रपति भण्डारीले अहिले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । 

यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, रोजगारी र कृषिलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया