नेपाललाई कोरोनामुक्त देश बनाउनु पहिलो प्राथमिकता : राष्ट्रपति भण्डारी

 जेठ २, २०७७ शुक्रबार १७:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाललाई कोरोना महामारीमुक्त देश बनाउनु यो सरकारको पहिलो प्राथमिकता भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएको छ ।

नीति तथा कार्यक्रममा सङ्क्रमणको परीक्षणलाई व्यापक बनाउने, औषधि उपकरण र चिकित्सकको चुस्त परिचालन गरिने गरी प्रथामिकता दिइएको उहाँको भनाइ छ । 

कोरोनाको कारण कसैको पनि ज्यान जान नदिने गरी सरकारले काम गरिरहेको राष्ट्रपति भण्डारीले बताउनुभयो । कोरोनाको रोकथाम गर्दै आर्थिक चहलपहल बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । 

सरकारले देशलाई कोरोना महामारीमुक्त बनाउन मुख्य ध्यान केन्द्रित गर्ने नीति लिने भएकोे छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीमुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

शुक्रबार राष्ट्रपति भण्डारीले सङ्घीय संसद्का दुवै सदनमा आउँदो वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्य सजगताका व्यवस्थाको पालना र कार्यान्वयन गर्न सरकार लागिपरेको बताउनुभयो । 

कोभिड-१९ को महामारी विरुद्ध प्रदेश र पालिकाले गरेका कामले नागरिकमा ती निकायको महत्व थप प्रस्ट्याएको उहाँको भनाइ छ । 

उहाँले आधारभूत स्वास्थ्य, शिक्षा, रोजगारी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया