विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको समायोजन गरिने

 जेठ २, २०७७ शुक्रबार १७:१८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले शिक्षासम्बन्धी केही नयाँ कार्यक्रम समेटेर आउँदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक विद्यालयलाई सबलीकरणदशक २०७५/८५ सञ्चालन गर्ने उद्देश्यसहितको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा सार्वजनिक गर्नुभएको हो ।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको समायोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै विज्ञान शिक्षालाई रुचिकर बनाउन जोड दिने उल्लेख छ । अनलाइन शिक्षाको विस्तार र आवश्यक व्यवस्था गर्ने सरकारको लक्ष्य रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नुभयो ।

सूचना प्रविधि प्रयोगशाला र उच्च गतिको इन्टरनेट सेवा पुर्याउने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख छ ।
 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rakesh Kumar yadav

    May 20, 2020, 9:30 a.m.

    I am student.I need to study

  •  0 Reply

तपाईको प्रतिक्रिया