रोजगारीको लागि हरेक पालिकामा घुम्ती तालिम हुने

 जेठ २, २०७७ शुक्रबार १७:२६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले आउँदो वर्ष धेरै युवाहरुलाई रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

शुक्रबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा आन्तरिक रोजगारी पर्याप्त नभइरहेको अवस्था वैदेशिक रोजगारीमा गएका नेपाली पनि फर्कने अवस्था देखिएकाले रोजगारी सृजनामा जोड दिइने उल्लेख छ ।  

कृषि, भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना र मझौला उद्योग, निर्माण र सेवा क्षेत्रमा समावेश गरेर रोजगारी दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।आवश्यकता अनुसार सबै पालिकाहरुमा छोटो अवधिमा घुम्ती तालिम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया