वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराइने

 जेठ २, २०७७ शुक्रबार १७:२७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशमा रहेका नेपाली श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बताउनुभएको हो ।

पहिलो चरणमा औपचारिक क्षेत्रका श्रमिकलाई समावेश गर्ने गरी सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाले पेन्सन, उपदान लगायत विभिन्न सेवा दिएको छ । सबै श्रमिकलाई यस योजनामा समेट्ने सरकारको योजना छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया