भूमि बैंक स्थापना गरिने

 जेठ २, २०७७ शुक्रबार १७:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भूमि बैंक स्थापना गर्ने भएको छ । भूमि, पुँजी र प्रविधिको समायोजन गरी भूमि बैंकको स्थापना गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयाे । 

आर्थिक वर्ष २०७७/७८ का लागि सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनबाट आउन सक्ने जोखिम न्यूनीकरण गर्दै भूमि बैंक स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले जग्गा चक्लाबन्दी गरी कृषि उत्पादन गर्नेलाई विशेष प्रोत्साहन गर्ने जानकारी गराउनुभयाे ।  

सामूहिक खेती गर्नेलाई सकारले उत्प्रेरित गर्ने भएको छ । सार्वजनिक जग्गालाई पनि कृषिमा प्रयोग गरी एकैचोटि रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारले लिएको भण्डारीले बताउनुभयाे । 

यस्तै सामुदायीक वन र कृषि वन भनेर छुट्याइने भएको छ । वनजन्य उद्यम विकास गर्ने, त्यसका लागि आवश्यक पूर्वाधार विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया