सरकारको नीतिः 'कोही भोकै पर्दैन, कोही भोकले मर्दैन'

 जेठ २, २०७७ शुक्रबार १७:५८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले 'कोही भोकै पर्दैन, कोही भोकै मर्दैन' भन्ने रणनीति लिने भएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिबी अन्त्यका लागि सरकारले सबैलाई रोजगारीको व्यवस्था गर्ने भन्दै यो रणनीति अपनाउने भएको जानकारी गराउनुभयो ।

उहाँले दाता र श्रमिक सङ्गठनको असल सम्बन्धलाई विस्तार गर्दै श्रम बजारलाई थप व्यवस्थापन गर्न सरकारले रणनीति बनाएको बताउनुभयो । यस्तै सरकारले सबै श्रम शाेषणको अन्त्य गर्ने रणनीति लिएको छ ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि श्रम बजारमा ल्याइने भएको छ । श्रम गर्न सक्ने सबै व्यक्तिलाई रोजगारको व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको छ । यस्तै सरकारले श्रम गर्न नसक्नेलाई पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गर्ने भएको छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया