बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ - अति आवश्यक सामान ढुवानीबाहेकका गाडी र पैदल यात्रुलाई काठमाण्डौ जिल्ला प्रवेशमा रोक लगाइएको छ । काठमाण्डौ जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले अति आवश्यक सामान ढुवानीबाहेकका गाडी तथा पैदल यात्रुलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले जानकारी दिनुभयो ।
अब एम्बुलेन्स, शव वाहन, औषधि र स्वास्थ्य सामग्री, औद्योगिक कच्चा पदार्थ र तयारी सामान, पेट्रोलियम, खाद्यवस्तु, तरकारी, फलपूmल तथा निर्माण सामग्री बोकेका गाडीलाई पास बिना प्रवेश दिने र यीबाहेकलाई पासबिना प्रवेश नदिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
काठमाण्डौका मूल तथा भित्री सडक र गल्लीमा अनावश्यक भिड भए प्रचलित कानुनअनुसार कारबाही गर्ने सुरक्षा समितिले निर्णय गरेको छ । यस्तै बैठकले अहिलेसम्म दिइएको गाडीको पहेँलो रङको पास खारेज गरेको गर्ने र निलो रङको पास दिने निर्णय पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।