बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ - सबै सरकारी कार्यालयको कारोबार २ वर्षभित्र नगदरहित बनाइने भएको छ । सबै भुक्तानी विद्युतीय माध्यमबाट गरिनेगरी २ वर्षभित्र सरकारी कार्यालयको कारोबार नगदरहित बनाइने भएको राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममार्फत घोषणा गर्नुभयो ।
डिजिटल नेपाल फ्रेमवर्क-२०७६ लाई कार्यान्वयनमा ल्याउने पनि राष्ट्रपति भण्डारीले जानकारी दिनुभयो । उत्पादकत्व र उत्पादन अभिवृद्धि गरी सामाजिक र आर्थिक रुपान्तरणका लागि डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई कार्यान्वयन गर्दै थप विस्तार गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
यस्तै इन्टरनेट सेवालाई थप विस्तार र व्यवस्थित गरिने भएको छ । ४ सय ३१ पालिका, ३ हजार ६ सय ३१ वटा वडा, २ हजार ५ सय ४६ स्वास्थ्य केन्द्र र २ हजार ९ सय ४८ सरकारी माध्यामिक विद्यालयमा अहिलेसम्म ब्रोड ब्याण्डको इन्टरनेट पुर्याइएको राष्ट्रपति भण्डारीले बताउनुभयो । सेवा प्रदायकसँग साझेदारी गरी यसलाई थप विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ ।
यस्तै सरकारी कार्यालयहरुले प्रयोगमा ल्याएका मोबाइल एप्सलाई एकीकृत गरी सहज र प्रविधिमैत्री बनाइने राष्ट्रपतिले घोषणा गर्नुभयो । उच्च हिमाली भेगमा ब्रोडब्याडसहितको इन्टरनेट उपलब्ध गराउने पनि सरकारको लक्ष छ । अबको २ वर्षभित्र देशको आफ्नै स्याट्लाइट स्थापना गरी सेवा प्रदान गरिने राष्ट्रपतिले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।