'सरकारले कुनै पनि स्वरुपकाे भ्रष्टाचार सहँदैन'

 जेठ २, २०७७ शुक्रबार १९:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कुनै पनि स्वरुपको भ्रष्टाचार नसहने रणनीति लिएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएको छ ।

सरकारकाे आर्थिक वर्ष २०७७/७८ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार, अनियमितता, अपचलन तथा दोहन गर्नेलाई कानुनी कारबाही गरिने रणनीति लिइएको बताउनुभयो । 

सुशासन, प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सदाचारको विधि अपनाउने भएको छ । नागरिककाे लागि इमान्दार बन्छु भन्ने कार्यशैली प्रवर्द्धन गर्न सरकार लागिपर्ने उहाँको भनाइ छ । 

यस्तै वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय लगानी रणनीति तथा कार्ययोजना अनुसार काम गरिने सरकारले जनाएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया