बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ - सरकारले अन्तर्राष्ट्रिय सीमामा नेपालले थप पूर्वाधार र जनशक्ति थप्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा शुक्रबार नीति तथा कार्यक्रम घोषणा गर्नुहुँदै सीमामा आवश्यक पूर्वाधार र जनशक्तिसहित ‘बोर्डर अब्जरभेसन पोष्ट’ (बिओपी) बनाइने उल्लेख गर्नुभयो ।
ऐतिहासिक सन्धि, नक्सा, तथ्य र कुटनीतिक माध्यमबाट भारतसँग भएको सीमा विवाद समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भएकाले त्यसलाई पुनःप्राप्त गरिने र छुटेको भूमि समावेश गरेर नेपालको नक्सा बनाइने राष्ट्रपति भण्डारीले भन्नुभयो ।
यस्तै अध्यागमनलाई अध्याधुनिक र प्रविधिमैत्री बनाइने, प्रदेशसँगको समन्वयमा कारागारको भौतिक पूर्वाधार विकास गरेर व्यवस्थापन गरिने र कैदीको श्रम र सीपलाई उत्पादनमूलक काममा लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापनाको लागि अध्ययन थालिने उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ramesh singh
May 16, 2020, 9:03 a.m.निर्णय त राम्रो हो तर लागु भए त यस्ता नीति तथा कार्यक्रम र घोषणा /