सिंहदरबार प्रबलीकरण पुनः रफ्तारमा

 जेठ ३, २०७७ शनिबार १६:१०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लकडाउनकाे कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ ।

सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भइ यतिबेला टायल र मार्बल एवं पेन्टिङको काम भइरहेको छ । 

सिंहदरबार प्रबलीकरण कार्यको कार्यान्वयन हेर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाकाे उपाय अपनाएर कामदार थप्दै प्रबलीकरण कार्यलाई अघि बढाइएको बताउनुभयो । 

विश्वकर्माका अनुसार निर्माण कम्पनीले अहिले निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ । निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने उहाँको भनाइ छ । 

कामदारहरुलाई सानो सानो समूहमा परिचालन गर्ने तथा कार्यक्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती न्यू टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले जानकारी दिनुभयो । 

चार वटा मोहडाको प्रबलीकरणमा अहिले एक सय १९ कामदारले काम गरिरहेका छन् । सुवेदीले कामदारहरुलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएको जानकारी दिनुभयो । 

त्यसैगरी लकडाउनकाे कारण रोकिएका रानीपोखरी एवं धरहरा पुनर्निर्माणको काम पुनः सुरु भएको छ ।  

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया