मोहम्मद रफीको जिन्दगीको त्यो पल, सायदै कमैलाई थाहा होला

 साउन १५, २०७५ मंगलबार १४:३०:४५ | एजेन्सी
unn.prixa.net

मोहम्मद रफीले ३१ जुलाईको दिन अलबिदा भनेका थिए । आज उनको पूण्यतिथि । रफीको गायकीसँग त धेरै नै परिचित छन् । तर उनको जीवनसँग जोडिएका यस्तो एउटा घटना छ जुन धेरैलाई थाहा नहुन सक्छ । 

सन् १९६२ मा भारत–चीनबीच युद्ध भएको थियो । मशहुर गायक रफीले पनि युद्धमा भाग लिएका थिए । सुन्दा आश्चर्य लाग्ला रफी पनि भारत–चीन युद्धमा सहभागी भएका थिए र ? रफी आफै हतियार लिएर त युद्धमा सहभागी भएका थिएनन् उनी आफ्नो गीतमार्फत युद्धमा सहभागी भएका थिए । 

मोहम्मद रफी चीनविरुद्ध युद्ध लडिरहेका भारतीय सैनिकको हौसला बढाउन युद्ध भूमिमै गएका थिए । रफीको जीवनीका अनुसार जब चीनले भारतीय भूमिमाथि आक्रमण गर्यो, रफी १४ हजार फीट उचाइमा रहेको सांगला पुगेर देशभक्तिपूर्ण गीत गाएर भारतीय सेनाको हौसला बढाउने काम गरेका थिए । रफीको प्रशंसा गर्नेहरु उनको गायकी इतिहासको पानामा दर्ता भएको बताउँछन् । 

पञ्जाबको कोटला सुल्तान सिंह गाउँमा सन् १९२४ डिसेम्बर २४ मा हाजी अली मोहम्मदको परिवारमा रफीको जन्म भएको थियो । हाजी अलीका ६ सन्तानमध्ये रफी दोस्रो थिए । रफीलाई घरमा फिको भनेर बोलाइन्थ्यो । 

गल्लीमा फकीरले गाउँदै हिँडेको गीत सुनेर रफीले गाउन सुरु गरेका थिए । फकीरले गाएको गीत नक्कल गरेर नै रफीले गाउन सिकेका थिए । ३१ जुलाई १९८० मा रमजानको मोहम्मद रफीले यस संसारबाट बिदा लिए । 

मोहम्मद रफीले १३ वर्षको उमेरमा नै पहिलो प्रस्तुति दिएका थिए । केएल सहगलले लाहोरमा भएको कन्सर्टमा उनलाई गाउन दिएका थिए । सन् १९४८ मा राजेन्द्र कृष्णनद्वारा लेखिएको गीत ‘सुनो सुनो आए दुनिया वालो बापूजीकी अमर कहानी’ गाएका थिए । यो गीत निकै चर्चित भएको थियो कि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु आफ्नो घरमा रफीलाई गीत गाउन निमन्त्रणा दिएका थिए । 

मोहम्मद रफीको निधन भएको दिन मुम्बई ठूलो वर्षा भैरहेको थियो । रफीको शवयात्राको रेकर्डिङ हिन्दी फिल्ममा प्रयोग पनि गरिएको छ भनिन्छ । मोहम्मद रफीको अन्तिम यात्रामा १० हजारभन्दा बढी मानिस सरिक भएका थिए । 

रफीको गायकी मात्रै होइन, अभिनय पनि उम्दा थियो । रफी साहबले ‘लैला मजनू’, ‘जुगनू’ जस्ता चलचित्रमा अभिनय पनि गरेका छन् । 

मोहम्मद रफीले धेरैजसो गीत संगीतकार लक्ष्मीकान्त प्यारेलालका लागि गाएका थिए । भनिन्छ कि रफीले कुनै पनि संगीतकारसँग गीत गाएबापत कति पैसा आउँछ भनेर कहिल्यै सोधेनन् । यहाँसम्म कि उनले मात्रै एक रुपैयाँ थुप्रै फिल्मका लागि गीत गाएका छन् । रफीले हिन्दीसँगै आसामिज, कोंकणी, भोजपुरी, अंग्रेजी, तेलुगू, मैथिली, गुजरातीलगायतका भाषामा थुप्रै गीत गाएका छन् । 


 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया