दाङ : कोरोना सङ्क्रमित व्यक्तिसँगै आएका व्यक्तिको पहिचान गरी क्वरेण्टीनमा राखियो

 जेठ ३, २०७७ शनिबार २०:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङमा कोरोना भाइरस पुष्टि भएका दुई जना व्यक्तिसँगै एम्बुलेन्समा आएका व्यक्तिको पहिचान भएको छ ।

कपिलवस्तुको कृष्णनगरबाट एम्बुलेन्समा चढेर देउखुरीको कालाकाटेसम्मसँगै आएकामध्ये एक जनाको पहिचान भएको हो । उनी घोराही उपमहानगरपालिका १२ निवासी पुरुष रहेको खुलेको छ । उनी कालाकाँटेमा झरेर ट्रकमार्फत घोराही आइपुगेका थिए ।

घोराही आउने क्रममा उनी घोराही उपमहानगरको कुइरेपानीको क्वरेण्टीनमा बसेका छन् । उनको पीसीआर जाँच गर्ने तयारी भइरहेको छ । 

उनी भारतको हरियाणबाट आएका थिए । गढवा गाउँपालिकाको क्वरेण्टीनमा बसेका चार जनामध्ये शुक्रबार दुई जनामा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनीसँगै आएका अन्य व्यक्तिहरुको खोजी गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया