सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल हुने

 जेठ ४, २०७७ आइतबार ८:३७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल हुँदैछ ।

बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको बेग्लाबेग्लै बैठकमा नीति तथा कार्यक्रममाथि छलफल शुरु हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसपटक नीति तथा कार्यक्रममाथिको छलफल भने छोट्याइएको छ । कोरोनाको सङ्क्रमणको जोखिम बढ्दै गएकाले छलफललाई छोटो र छरितो बनाउने निर्णय गरिएको संसद सचिवालयले जनाएको छ । संसदमा आज र भोलि साेमबार छलफल गर्ने र छलफलका क्रममा सांसदले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जवाफ दिने कार्यसूची छ ।

बैठकका बेला कोरोनाको जोखिमलाई ध्यानमा दिँदै सम्पूर्ण सुरक्षा सतर्कता अपनाउने, सांसदलाई पहिले आफू बसेको सिट परिवर्तन नगर्न अनुरोध गर्ने लगायतका तयारी रहेको पनि संसद सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया