कोरोनाका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा पुगेका व्यक्तिको स्वाब संकलन सुरु

 जेठ ४, २०७७ आइतबार १२:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा पुगेका व्यक्तिको स्वाब संकलन सुरु गरिएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा गएको बिहिबार बेलुकी ज्यान गुमाएकी सुत्केरीको कोरोनाकै कारण ज्यान गएको पुष्टि भएपछि उनको सम्पर्कमा रहेका व्यक्तिको नमुना संकलन थालिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँले जानकारी दिनुभयो ।

धुलिखेल अस्पतालसहित सिन्धुपाल्चोकको बाह्रबिसे वडा नम्बर ९ र बलेफी गाउँपालिका वडा नम्बर ७ र ८ सिल गरेर महिलाको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न टोली पनि परिचालन गरिसकिएको उहाँले बताउनुभयो ।

आज धुलिखेल अस्पतालबाट विज्ञसहितको टोली पनि बाह्रवaसे जाने स्वास्थ्य तथा मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भइ गएको वैशाख २५ गते सिन्धुपाल्चोक फर्किएकी महिलाको गएको बिहीबार नै ज्यान गए पनि कारण खुलेको थिएन । हिजो गरिएको परीक्षणमा कोरोनाकै कारण नै ज्यान गएको पुष्टि भएको हो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया