आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
गएको बिहीबार पाकिस्तानका पूर्व क्रिकेट स्टार इमरान खान चुनावमा विजयी भएर करियरको अर्को एउटा कोषेढुंगा पार गर्न सफल भए ।
तर खेलाडीबाट राजनीतिज्ञ बनेका इमरानमात्र एकमात्र खेलाडी होइनन् ।
६५ वर्षे खानले १६ वर्षे क्रिकेट करियरमा पाकिस्तानको नेतृत्व गर्दै एउटा विश्वकप पनि जिताए ।
तर करिब दुई दशकको राजनीतिक परिश्रमपछि उनी पाकिस्तानी राजनीतिका शक्तिमा उदय हुन सफल भए ।
यहाँ यस्ता केही पूर्व खेलाडीबाट राजनीतिमा सफल भएका छन् ।
लाइबेरियाका खेलाडी जर्ज वेहको फुटबल करियर निकै सफल थियो ।
उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी), एसी मिलान, चेल्सी र म्यान्चेष्टर सिटीमा फुटबल खेले ।
सन् १९८८ मा आर्सने वेङ्गरले मोनाकोबाट युरोपेली करियर सुरु गराएका वेह उत्कृष्ट अफ्रिकी खेलाडी हुन् ।
बालोन डो‘र वल्र्ड प्लेयर अफ द इयरको उपाधि जित्ने वेह एकमात्र खेलाडी हुन् ।
इटालियन सिरी ए र फ्रेन्च लिग वन उपाधि जितेका वेहको भेरोनाविरुद्धको गोल सबैभन्दा चर्चित छ ।
उनले आफ्नो पेनाल्टी एरियाबाट पूरा टिमलाई छलाउँदै एक्लैले गोल गरेका थिए ।
फुटबल करियरबाट सन् २००३ मा सन्यास लिएपछि राजनीतिमा प्रवेश गरेका वेह गत वर्ष भएको लाइबेरियाको राष्ट्रपतिमा ६० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका थिए ।
प्याक–म्यान भनेर चिनिने फिलिपिनो बक्सर म्यान्नी प्याकियोको बक्सिङ करियर सफल रह्यो ।
बक्सिङको आठ डिभिजनमा च्याम्पियन बन्न सफल एकमात्र खेलाडी प्याकियोले ११ मुख्य उपाधि जितेका थिए ।
फिलिपिन्सका राष्ट्र नायक समेत रहेका प्याकियो बास्केटबल, संगीत र अभिनयमा समेत होमिन पुगेका थिए ।
गएको जुन २०१६ मा उनी फिलिपिन्सको सिनेटरमा निर्वाचित भएका थिए । उनी सन् २०२२ सम्म सिनेटर पदमा रहनेछन् ।
बक्सिङ खेलाडी भिटाली क्लिच्कोले ४७ व्यावसायिक भिडन्तमा ४५ वटा जितेका थिए । जसमा ४१ वटा फाइटमा विपक्षीलाई नकआउट गरेका थिए ।
४७ वर्षे क्लिच्को सन् २००६ मा राजनीतिमा प्रवेश गरेका थिए ।
त्यसवेला उनी युक्रेनको राजधानी कीभको मेयर पदको निर्वाचनमा दोस्रो भएका थिए ।
त्यसपछि सन् २०१४ मा उनी मेयरमा निर्वाचित भएका थिए ।
जिम्न्यास्टिक, स्की, बोर्ड सदस्य, राजनीतिज्ञ । क्रिष्टी मार्सलले सबै काम सफलता हात पारिन् ।
अष्ट्रेलियन जिम्न्यास्ट क्रिष्टीले ४० वटा विश्वकप पदक जितेकी छन्, जसमा १७ स्वर्ण पदक छन् ।
खेलकुदबाट सन्यास लिएपछि उनी अष्ट्रेलियन विन्टर ओलम्पिक इन्टिच्युटको बोर्ड सदस्य भइन् । त्यसपछि सन् २००२ मा उनी प्रतिनिधि सभाको सदस्य बनेकी थिइन् ।
एक पटक उनले सभाहलमा नै ११ दिनको आफ्नो बच्चालाई स्तनपान गराएपछि उनी हेडलाइन बनेकी थिइन् ।
रोमारियो आफ्नो समयका सर्वोत्कृष्ट खेलाडी थिए ।
सन् १९९४ को विश्वकप जिताउँदै उत्कृष्ट खेलाडी समेत बनेका रोमारियोले २० वर्षे करियरमा एक हजार गोल गरे ।
खेलाडी करियरमा ‘ब्याड–ब्वई’बाट परिचित रोमारियोले यसै वर्ष हुने ब्राजिलको रियो दि जेनेइरोको गभर्नरका लागि उभिने भएका छन् ।
त्यसअघि उनले सन् २०१४ मा ब्राजिलको सिनेटरमा विजय हासिल गरेका थिए ।
डाउन सिन्ड्रोम भएको छोरीका कारण राजनीतिमा लाग्ने प्रेरणा जागेको बताउने रोमारियो अहिले शारीरिक अपाङ्ग भएका बालबालिकाको अधिकारका सक्रिय अभियन्ता हुन् ।
विश्व जुडोको इतिहासमा सबैभन्दा उत्कृष्ट महिला जुडोका को हुन् भन्ने प्रश्नको जवाफमा धेरैको उत्तर हुन्छ, रोयोके तानी ।
जम्मा चार फिट नौ इन्चकी तानीले सातवटा विश्व उपाधि र पाँच ओलम्पिक पदक जितेकी छिन् ।
करियरमा उनले दुई वटा ओलम्पिक स्वर्ण पदक जितेकी थिइन् ।
सन् २०१० मा खेलाडी जीवनबाट सन्यास लिएकी तानी जम्मा पाँच पटक पराजित भएकी थिइन् । सन् २०१० मा उनी जापानको माथिल्लो सदन, हाउस अफ काउन्सिलर्स निर्वाचित भएकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।