बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
ललितपुर – ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पीसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरिएकाे छ ।
महानगरपालिकाले आइतबार २९ वटै वडाका एक सय ४७ जना जनप्रतिनिधिको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणको आशङ्का लागेका मानिसहरुको जाँच गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट एक हजार ५० थान पीसीआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको परीक्षण गर्न लागेको हो ।
यस्तै शनिबार महानगरका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको पीसीआर र आरडीटी परीक्षण भएको थियो । महानगरपालिकाकी उपमेयर गीता सत्यालले शनिबार स्वास्थ्यकर्मी र सफाइकर्मी गरी एक सय १९ जनाको आरडीटी र दुई सय ११ जनाको पीसीआर परीक्षण भएको बताउनुभयो ।
महानगरको योजना अनुसार नै सबै जनप्रतिनिधिको पीसीआर प्रविधिबाट परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो । उपमेयर सत्यालले जनप्रतिनिधिसँगै, महानगरभित्र कार्यरत पत्रकार, फलफुल व्यवसायी, ग्यास डिलरहरुमा काम गर्ने व्यक्तिहरुको पनि पीसीआर र आरडीटी परीक्षण गर्न लागिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।