दैलेखकका पत्रकारहरुको कोरोना परीक्षण

 जेठ ४, २०७७ आइतबार २०:४८:५६ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखका क्रियाशील पत्रकारहरुमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण भए वना नभएको पत्ता लगाउन आइतबार १८ जनाको नेजोफ्राञ्जियल स्वाब सङ्कलन गरिएको छ । 

नेपाल पत्रकार महासङ्घको समन्वयमा स्वास्थ्य सेवा कार्यालय दैलेखले स्वाब सङ्कलन गरेको हो । सङ्कलित नेजोफ्राञ्जियल स्वाब परीक्षणका लागि कर्णाली प्रदेश प्रयोगशाला सुर्खेत पठाइएको छ । 

यसको रिपाेर्ट ४-५ दिनमा आउने स्वास्थ्य सेवा कार्यालयका कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । क्रियाशील पत्रकारमध्ये समाचार सङ्कलनका लागि फिल्डमा हिँडिरहेका पत्रकारहरुको स्वाब लिइएको नेपाल पत्रकार महासङ्घका सहसचिव महेन्द्र सापकोटाले बताउनुभयो ।   

चार दिनअघि पर्सामा २, धनुषा र उदयपुरमा १-१ जना गरी ४ जना पत्रकारहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कर्णाली प्रदेश सरकारले प्रदेशका १० जिल्लाकै पत्रकारहरुको कोरोना परीक्षण गर्ने गरेको निर्णय अनुसार नेजोफ्राञ्जियल स्वाब सङ्कलन गरिएको हो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया