‘पहिलो नम्बर’ले तोड्न सकेन ‘रुपै मोहनी’को रेकर्ड

 साउन १५, २०७५ मंगलबार १५:७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा‘छक्का पञ्जा ३’को पहिलो गीत‘पहिलो नम्बरमा’हिजो सोमबार सार्वजनिक गरियो ।

सार्वजनिक भएको गीतले दर्शकको माया पाइरहेको देखेर निर्माण पक्ष निकै खुशी देखिएको छ । ‘छक्का पञ्जा २’ मा गीत चोरेको आरोप बेहोरेको निर्माण टिमले यो गीतबाट सकारात्मक प्रतिकृया पाइरहेको छ जसले काममा थप हौसला  र उर्जा प्रदान गरेको छ ।

यो गीतलाई युट्यूबमा २४ घण्टामा ८ लाख  ८ हजार पटक हेरिएको छ भने नेपाली युट्युब संस्करणको ट्रेण्डिङ १० मा आइपुगेको छ । सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा सार्वजनिक गरिएको यो गीतलाई २४ घण्टामा यति भ्यूज मिलेको हो जुन समान्यतया धेरै मानिन्छ । 

तर यस गीतले छोटो समयमा धेरै पटक हेरिने गीतको रेकर्ड भने राख्न सकेको छैन । यस अघि सिनेमा‘शत्रु गते’को गीत‘रुपै मोहनी’ले राखेको रेकर्ड यसले तोड्ने धेरैको अनुमान थियो । तर त्यो अनुमान अनुमानमै सीमित भएको छ । 

‘शत्रु गते’को रुपै मोहनीले २४ घण्टामा ८ लाख ३२ हजार भन्दा धेरै पटक हेरिने गीतको रेकर्ड बनाएको छ ।

जुनअहिले सम्मको इतिहासमा धेरै हो । यसअघि सिनेमा ‘छक्का पञ्जा २’ मा समावेश ‘नाइलनको साडी’लाई पनि २४ घण्टामा ८ लाख १६ हजार पटक हेरिएको थियो ।

राजेन्द्र थापाका शब्द र दीपक शर्माको संगीत रहेको ‘पहिलो नम्बर’मा डेबिड शंकर र बिन्दु परियारको आवाज रहेको छ । 

गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने  पुरुषोत्तम प्रधानले गीतको छायाकंन गरेका हुन् । गीतमा सिनेमाका प्रायः कलाकारलाई फिचर गरिएको छ । 

दसैंको अवसर पारेर प्रदर्शनमा आउने यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ,  जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह,  किरण केसी,  शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, संजोग कोइराला, वसन्त भट्टलगायतका कलाकारको अभियन रहेको छ । 

आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुति ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा  सुमन गिरी भान्जा,  किरण कसी,  शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने  छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, विजय बस्याल र सान थापा ९टौवा क्रियशन०को पब्लिसिटी डिजाइन र पुरुषोत्तम प्रधानको छायाकंन छ ।

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्य


 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया