विराटनगरका २ र धनकुटाका १ जनामा काेराेना सङ्क्रमण पुष्टि

 जेठ ४, २०७७ आइतबार १९:१४:४३ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – नेपालमा थप तीन जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । 

विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगर महानगरपालिका वडा नम्बर ६ र १५ का दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

सङ्क्रमण पुष्टि हुनेहरुमा धनकुटा निवासी ३४ वर्षीया महिला, माेरङकाे विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुष रहेका छन् । उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र स्वास्थ्यकर्मीकाे निगरानीमा राखिएकाे मन्त्रालयले जनाएकाे छ ।  

याेसँगै काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई सय ९५ भएकाे छ । ३६ जना उपचारपछि निकाे भएका छन् भने दुई जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया