बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ - सरकारले कोरोना महामारीको संकटका बेला एक आपसमा निषेधका क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार, स्वास्थ्य सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, घरभाडामा बसिरहेकाहरुलाई बिना कारण निकाल्नेजस्ता काम भैरहेको भन्दै गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति निकालेर आवागमनमा बाधा पुर्याउने, स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेजस्ता काम नगर्न पनि आग्रह गरेको छ । महामारीबाट जोगिन आवश्यक सचेतना अपनाउनुपर्ने भएपनि दुर्व्यवहार गर्नु कानुन विपरीत भएको गृह मन्त्रालयले जनाएको छ ।
कोरोना महामारीविरुद्ध लड्न सबैले सामूहिक प्रयास गर्नुपर्ने तर एक आपसमा निषेधको बाटो अपनाउन नहुने विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयले काममा बाधा पुर्याउने व्यक्तिलाई कानुन अनुसार कारबाही गर्न पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।