बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ – प्रतिनिधि सभाका सांसदले सरकारले कोरोनाबाट ज्यान गुमाएकी महिलाको शव व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले कोरोनाबाट ज्यान गुमाएकी महिलाको शव सरकारले उठाउन नसकेको भन्दै आलोचना गर्नुभएको हो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै उहाँले नेताहरुले ठूला कुरा गरे पनि कोरोना महामारीको सङ्कटसँग जुट्ने हिम्मत नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाबाट ज्यान गुमाएकी महिलाको शव उठाउन पनि सरकारले हिम्मत देखाएन । स्वयंसेवकले शव उठाएर पशुपति घाटमा पुर्याए । मरेपछि कोरोना पुष्टि हुने एकमात्र देश नेपाल हो ।’
प्रतिपक्षी दल कांग्रेसका सांसद प्रकाशमान सिंहले राष्ट्रिय सुरक्षाका लागि खटिनुपर्ने नेपाली सेना सडकमा खटिएर जनतालाई अपमानित गरिरहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई सत्तारुढ दलले आफ्नो आन्तरिक विवादको विषय बनाएको बताउनुभएको छ । आन्तरिक विवादको विषय नबनाएर यसलाई संसदमा पेस गरी गहन छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले अबको बजेट रोग र भोकबाट जनतलाई जोगाउनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले मजदुर, श्रमिक र विपन्न किसानहरुलाई एक महिनाको पाँच हजारका दरले तीन महिनासम्मको १५ हजार रुपैयाँ दिनुपर्ने बताउनुभयो । छिटो प्रतिफल दिने गरी योजनाहरु सम्पन्न गर्न सरकारको ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या कुटनीतिक पहलबाट समाधान गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी (राजापा) का सांसद शरदसिंह भण्डारीले महामारी रोकथाम भन्दा पनि नयाँ रेकर्ड कायम गर्ने भूत सरकारमा सवार भएको बताउनुभयो । नीति तथा कार्यक्रममा महामारी रोकथाम, नियन्त्रण र यसबाट प्रभावित क्षेत्रहरुका विषयमा आउनुपर्ने भए पनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई कृषिसँग जोड्न सके आर्थिक उपार्जनको बाटो खुला हुने बताउनुभयो । स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै कृषिलाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।