सांसद अपहरण गरेकाे आराेप प्रमाणित गरेर देखाउनुहाेस् : सांसद श्रेष्ठ

 जेठ ५, २०७७ सोमबार १४:२१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले आफ"माथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, 'केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुराहरु आए र मलगायत माननीय महेश बस्नेतसमेतको चरित्रहत्या गर्ने काम भयो । सम्पूर्ण माननीयहरुलाई साक्षी राखेर म भन्न चाहन्छु । अपहरणको आरोप लगाउनेहरुलाई म चुनौती हिन चाहन्छु । यदि प्रमाणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?' 

विवादास्पद अध्यादेशसँगै पार्टी फुटाउने षड्यन्त्र अनुसार प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सांसद डाक्टर सुरेन्द्र यादवलाई सर्लाहीबाट अपहरण गरी काठमाण्डौ ल्याउने काम गरेको भन्दै जनता समाजवादी पार्टीका सांसद डाक्टर बाबुराम भट्टराईले सांसद श्रेष्ठ, महेश बस्नेत र निर्वतमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध जिल्ला सरकारी कार्यलय काठमाण्डौमा मुद्दा दर्ता गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया