बङ्गालको चक्रवातका कारण भोलिदेखि पूर्वी क्षेत्रमा लगातार वर्षा हुने, बाढी र पहिरोको जोखिम

 जेठ ५, २०७७ सोमबार १४:४८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशकाे पहाडी क्षेत्रको मौसममा अहिले आंशिक बदली भएको छ । स्थानीय वायुको प्रभावका कारण आज देशकाे धेरै ठाउँको मौसम आंशिक बदली भएको मौसमविद्ले बताएका छन् । तर मङ्गलबारदेखि भने नेपालमा बङ्गालमा बनेको चक्रवातको असर पर्ने भएको छ ।

मौसमद् समिर श्रेष्ठका अनुसार बङ्गालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको प्रभावका कारण भोलिदेखि नेपालको पूर्वी क्षेत्र र मध्यपूर्वी क्षेत्रमा लगातार वर्षाको सम्भावना छ । प्रि–मनसुनको समयमा बङ्गालमा यस्ता खालका चक्रवात बन्नु कुनै नौलो भने नभएको अर्का मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । 

मङ्गलबार बेलुकादेखि नेपालको पूर्वी क्षेत्रमा यो चक्रावतको असर पर्ने र लगातार ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । तर यो चक्रवातको असर नेपालको पश्चिम क्षेत्रमा भने नपर्ने उहाँको भनाइ छ ।   

‘भोलि बेलुकादेखि पूर्वका र मध्यपूर्वका पहाडी क्षेत्रमा लगातारको वर्षाको सम्भावना छ, यसले गर्दा बाढी र पहिरोको जोखिम पनि देखिन्छ’, मौसमविद् मानन्धरले भन्नुभयो । यो चक्रवातको प्रभाव दुई दिन दिनसम्म नै रहने छ  । अहिले अम्पोन नाम चक्रवातको दिशा नेपालतर्फ सरिरहेको पनि मौसमविद्ले बताएका छन् ।

 यस्ता खालका चक्रवात प्रि–मनसुन र पोस्ट–मनसुनमा देखिने गरेको उनीहरुको भनाइ छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया