यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
रुपन्देही – गुल्मीमा साेमबार पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । मदाने गाँउपालिका वडा नम्बर २ का पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
गएकाे जेठ १ गते उपचारको लागि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा ल्याइएका ४१ वर्षीय ती पुरुषको आईसीयूमा राखेर उपचार भइरहेको छ । उनी श्वासप्रश्वासका बिरामी हुन ।
भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि क्रिमसन अस्पताल सिल गरिएको छ । उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्नका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।