सिसडोलवासीको कोरोना परीक्षण हुने भएपछि काठमाण्डौ उपत्यकाको फोहर उठ्ने

 जेठ ६, २०७७ मंगलबार ६:२२:४ | रासस
unn.prixa.net

काठमाण्डौ - सिसडोलवासीको कोभिड–१९ परीक्षण हुने भएपछि काठमाण्डौ उपत्यकाको नियमित फोहर विसर्जन हुने भएको छ ।

सिसडोलवासीले कारोना परीक्षणको माग राख्दै ककनी गाउँपालिकाले आजदेखि लागू हुनेगरी एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएपछि कुनै पनि फोहरका गाडी काठमाण्डौ उपत्यकाबाट सिसडोल जान पाएका थिएनन् ।  

काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या विद्यासुन्दर शाक्यको नेतृत्वमा सोमबार ककनी गाउँपालिकाका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि यो समस्या समाधान गर्ने सहमति गरेको हो ।

ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको मागअनुसार सिसडोलवासीमा कोरोना सङ्क्रमण भए–नभएको पुष्टिका लागि काठमाण्डौमहानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा  परीक्षण गर्ने सहमति भएको छ । 

कामपाले मंगलबार नै स्वास्थ्य विभागको टोलीसहित सिसडोल पुगेर आरडीटी र पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिएको छ । उपत्यकाको फोहोरा छोपेर सिसडोल लैजाने सहमति भयो । प्रमुख शाक्यले भन्नुभयो, ‘सहमतिअनुसार बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म फोहर विसर्जन गरिसक्नुपर्ने छ ।’
 
ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलवासीले कोरोना सङ्क्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भएकाले हालको नियमित फोहर विसर्जन हुने जानकारी दिनुभयो । कामपा वातावरण विभाग प्रमुख हरि श्रेष्ठका अनुसार फोहर विसर्जन स्थल आसपासका बढी प्रभावित कम्तीमा ३०० जनाको परीक्षण गर्ने तयारी कामपाको रहको छ । 

हालको लागि फोहर विसर्जनसम्बन्धी समस्या समाधान भए पनि यो नै दीर्घकालीन समाधान भने होइन, कामपाले दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको हँुदा अब त्यहाँ  स्थानको पनि अभाव भइसकेको छ ।

हाल काठमाण्डौ उपत्यका १८ वटा स्थानीय तहको फोहर सिसडोलमा विसर्जन हुँदै आएको छ । उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया