बझाङमा आगलागी, दश लाख रुपैयाँ बराबरको क्षति

 जेठ ६, २०७७ मंगलबार ८:२९:५१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङमा विद्युत सर्ट भएर आगलागी हुँदा दश लाख बराबरको क्षति भएको छ । 

सोमबार बेलुका छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर १ को सुगालाका रमेश गिरीको घर र पसलमा आगलागी हुँदा घर, पसल जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा इन्स्पेक्टर नेत्र बोहराले बताउनु भयो ।

बेलुका ९ बजेतिर सुरु भएको आगलागीमा पसल र घरमा भएका सम्पुर्ण सर सामानहरु जलेर नष्ट भएको बोहराले बताउनुभयो । आगलागी बाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

बेलुका ९ बजे लागेको आगो प्रहरी र स्थानीय मिलेर बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकिएको थियो । आगलागीबाट अन्य घरमा समेत सामान्य क्षति भएको छ । 

विद्युत सर्ट कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया