बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
रसुवा - रसुवाको लाङटाङ चीज उत्पादन केन्द्रले अघिल्लो वर्ष उत्पादन गरेकोमध्ये ५४ प्रतिशत चीज अझै बिक्री भएको छैन ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण पर्यटन व्यवसाय बन्द भएपछि उत्पादन भएको चीज बिक्री हुन नसकेको हो । केन्द्रका अनुसार अघिल्लो वष्र्ष ५ हजार केजी चीज उत्पादन भएकोमा २ हजार ७ केजी चीज बिक्री भएको छैन ।
जिल्लामा सञ्चालनमा रहेका अन्य केन्द्रमा उत्पादन भएको चीज दुग्ध विकास संस्थानमा लैजाने गरिएको भएपनि यो केन्द्रमा उत्पादन भएको चीज स्थानीय स्तरमा नै खपत हुन्थ्यो । पर्यटन व्यवसाय बन्द नभएको भए चैत अगाडि नै चीज बिक्री भइसक्ने केन्द्र प्रमुख ग्याल्बो तामाङले बताउनुभयो ।
केन्द्रले यसअघि वैशाख १ गतेबाट दूध संकलन गर्दै आएकोमा यो वर्ष लकडाउनका कारण अझै सुरु गर्न सकेको छैन । उहाँका अनुसार जेठ १५ गतेबाट उत्पादन केन्द्रले दूध संकलन तथा चीज उत्पादनको काम सुरु गर्ने छ । केन्द्र सञ्चालनमा नआउँदा कृषकले दुध बिक्री गर्न पाएका छैनन् ।
जिल्लामा अहिले दुग्ध विकास संस्थानअन्तर्गत ६ वटा केन्द्र सञ्चालन भइरहेका छन् २०७५ सालदेखि थुमन र तातोपानी थप भएका हुन् । २०७५ साल अघि सञ्चालनमा रहेका चारवटा केन्द्रले ३९ हजार ६ सय ८० किलो याक चीज र १२ हजार ४ सय किलो मखन उत्पादन गरेका थिए ।
दुग्ध विकास संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादन भएको चीज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत हुने र बाँकी संस्थानमा नै लैजाने गरिएको छ । जिल्लाको चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्ने क्षमता रहेको छ ।
गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ ।
जिल्लामा सञ्चालनमा रहेका चीज उत्पादन केन्द्रहरूले जेठ १५ गतेदेखि केन्द्र सञ्चालन गर्ने तयारी गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।