मोरङ र झापाका छुट्टाछुट्टै दुर्घटनामा २ बालकको ज्यान गयाे

 जेठ ६, २०७७ मंगलबार १२:७:४३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ  - मोरङ र झापाका भएका सवारी दुर्घटनामा २ जना बालकको ज्यान गएको छ ।  

ज्यान जानेमा मोरङको ग्रामथान गाउँपालिका ४ मोतिपुर बस्ने पंकज झा का २ वर्षीय छोरा निखिल झा र झापाको बिर्तामोड नगरपालिका १० का धिरेन राईको ४ वर्षीय छोरा सुदेन राई रहेका छन् ।

मोरङको मोतिपुरमा रहेकाे भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख ६३७४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाइते भइ उपचारको लागि नोबेल अस्पताल पठाइएको निखिलकाे उपचारको क्रममा ५ बजे मृत्यु भएको थियो ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका १० सैनिक मोडबाट बजार तर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको गाडीले ठक्कर दिँदा घाइते भएका राईलाई उपचारको लागि झापाको बी.एण्ड.सी. अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

दुवै घटनामा स‌लग्न गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया