भारतबाट मजदुरी गरेर फर्किएकालाई वडा स्तरका क्वरेण्टीनमा राख्न सुरु

 जेठ ६, २०७७ मंगलबार १७:५९:३१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराही उपमहानगरपालिकाले वडा स्तरमा क्वरेण्टीन निर्माण गरी भारतबाट आएकाहरुलाई राख्न सुरु गरेको छ ।

कोरोना सङ्क्रमण रोकथाम गर्न भारतबाट मजदुरी गरेर फर्किएका व्यक्तिहरुलाई वडा स्तरमै क्वरेण्टीन निर्माण गरी राख्न थालिएको हो ।

भारतमा बेखर्ची भएर बसेका र सीमामा आएर अलपत्र परेका नगरबासीहरुलाई उपमहानगरले नाकामै पुगेर गाडीमार्फत सम्बन्धित वडामा पुर्याउने र क्वरेण्टीनमा राख्ने नीति लिएको छ । 

उपमहानगरका १९ वटै वडाले विद्यालय तथा सामुदायिक भवनहरुलाई क्वरेण्टीन बनाएका छन् । ती क्वरेण्टीनमा एक सय ९ जना बस्दै आएको जनस्वास्थ्य प्रवर्धन शाखाले जानकारी दिएको छ । तीमध्ये भारत र नेपालका विभिन्न जिल्लाबाट आएका व्यक्तिहरु छन् ।

उनीहरुलाई दुईवटा बस परिचालन गरी कपिलवस्तुको कृष्णनगर पुगेर उपमहानगरले उद्धार गरी ल्याएको हो । अधिकांश वडाले क्वरेण्टीन बनाइसकेका छन् भने केहीले निर्माणलाई अन्तिम चरणमा पुर्याएका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया