अछामको चौखुट्टे नाकाबाट शुक्रबार २ सय ४ जना जिल्ला भित्रिए

 जेठ ९, २०७७ शुक्रबार १३:१३:१४ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम जिल्लाको चौखुट्टे सीमानाकाबाट शुक्रबार एकै दिन भारतको विभिन्न सहरबाट २०४ जना नेपाली नागरिक जिल्ला भित्रिएका छन् ।

जिल्लाको चौरपाटी गाउँपालिकाका दुई महिला २७ पुरुष गरी २९ जना, मेल्लेख गाउँपालिकाका ३७ जना,साँफे नगरपालिकाका ४६ जना र मंगलसेन नगरपालिकाका ९२ जना अछाम भित्रिएको चौखुट्टे प्रहरी चौकी इञ्चार्ज गणेश बहादुर सिहंले जानकारी दिनुभयो ।

रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका नागरिकलाई सीमानाका गौरीफन्टासम्म भारत सरकारको समन्वय र अछामसम्म प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय अछाम तथा पालिकाहरुको पहलमा जिल्ला भित्रिएका प्रहरीले जनाएको छ ।

जिल्ला भित्रिएका सबै  २०४  जना नागरिकलाई सम्बन्धित पालिकाको जिम्मा लगाएर २१ दिनसम्म क्वरेन्टीनमा राखिने जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया