प्रदेश १ : मुख्यमन्त्री र सभामुखसहित १ सय ८५ जनाको स्वाब संकलन

 जेठ १०, २०७७ शनिबार ७:५७:३६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीसहित १ सय ८५ जनाको स्वाब संकलन गरिएको छ ।

जेठ १४ गतेदेखि सुरु हुने प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशनअघि नै कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको हो । प्रदेश १ संसद सचिवालयमा मुख्यमन्त्री राई, सभामुख प्रदीपकुमार भण्डारीसहित मन्त्रीहरु, प्रदेशसभाका सांसद, सचिवालयका कर्मचारी, मर्यादापालक तथा सुरक्षाकर्मी, प्रदेशसभामा रिपोर्टिङ गर्ने सञ्चारकर्मी, सवारी चालक लगायतको स्वाब संकलन गरिएको हो ।

शुक्रबार ४५ जना मन्त्री तथा सांसदको स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ ।  बाँकी  प्रदेश सांसदहरुको आज स्वाब संकलन गरिने छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले संकलन गरेको स्वाबको परीक्षण रिपोर्ट आइतबारसम्ममा प्राप्त हुने जनाइएको छ ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया