खाडी र मलेसियाको कोरोना अपडेट : आइतबारसम्म कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ९ हजार नाघ्यो

 जेठ ११, २०७७ आइतबार १२:४८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खाडी र मलेसियामा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ९ हजार नाघेको छ । नेपाली दूतावास र गैरआवसीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार खाडीका देश र मलेसियामा ९ हजार २ सय ४५ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै कतारमा ६ हजार ९ सय ११ जना नेपाली सङ्क्रमित भएका छन् ।

यस्तै साउदीमा १३ सय ६४, बहराइनमा ३३१, यूएईमा ५ सय , कुवेतमा ८४, मलेसियामा ५५ जना गरी अहिलेसम्म जम्मा ९ हजार २ सय ४५ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो ।

जसमध्ये साउदीमा ३८, यूएईमा दुई र मलेसियामा १३ गरी ५३ जना निको भएका छन् । यूएई र कतारमा उल्लेख्य कोरोना सङ्क्रमित नेपाली निको भएको त्यहाँको सरकारको भनाइ छ । तर यकिन तथ्याँक भने खुलाइएको छैन ।

कोरोनाको कारण यूएईमा १८ जना, साउदीमा ७ जना र कतारमा १ गरी २६ जनाको ज्यान गएको छ ।

खाडीका ६ देश र मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८४ हजार ७८६ पुगेको छ । यस्तै ८२ हजार २१६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एकलाख एक हजार ६१४ जनाको अस्पतालमा उपचार भइरहेको छ । यी देशमा कोरोना सङ्क्रमणका कारण ९५६ जनाले ज्यान गुमाएका छन् ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया