धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर ११, २०८१ मंगलबार
सिन्धुपाल्चाेक - काठमाण्डाैबाट हराएको स्कुटरसहित मेलम्चीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलम्चीका २३ वर्षीय अच्युत श्रेष्ठ र विकास तामाङ रहेका छन्।
काठमाण्डाै महानगरपालिका–५ गौचरनबाट हराएको स्कुटर आइतबार प्रहरीले जाँच गर्ने क्रममा मेलम्चीमा भेटिएको हो । प्रदेश ३–०२–००१प १९२७ नम्बरको स्कुटरलाई मेलम्चीमा प्रहरीले रोकेर जाँच गर्दा चोरीको भएको थाहा भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।
चोरीको भनी शङ्का लागेर ट्राफिक महाशाखा रामशाहपथमा बुझ्दा त्याे स्कुटर गएकाे माघ १६ गते काठमाण्डौ गौचरनमा रहेको ग्यास र पानी आपूर्ति पसल अगाडिबाट हराएको तामाङले जानकारी दिनुभयो । स्कुटी काठमाण्डौ–३० बस्ने प्रभात थापाको भएको बुझिएको छ ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त मालीगाउँ काठमाण्डौमा आवश्यक कारबाहीका लागि पठाउने तयारी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।