नेपालगञ्जका थप एक जनाले जिते कोरोना

 जेठ १२, २०७७ सोमबार १७:३२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगन्ज उपमहानगरपालिका ८ का १८ वर्षीय युवक कोरोना सङ्क्रमणबाट निकाे हुनुभएकाे छ । 

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत उहाँ साेमबार अस्पतालबाट डिस्चार्ज हुनुभएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठले जानकारी दिनुभयो । 

नेपालगञ्जमा मात्रै अहिलेसम्म २५ जनामा सङ्क्रमण देखिएकाे छ भने २२ जना उपचारपछि निकाे भएका छन् । बाँकेमा अहिलेसम्म एक सय ४६ जनामा सङ्क्रमण देखिएकाेमा एक जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: असार ८, २०७७

तपाईको प्रतिक्रिया