एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।
घटनाको निष्पक्ष छानबिनको माग गर्दै मङ्गलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रर्दशनमा नेपाली कांग्रेसका पूर्वसांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्वसदस्य मञ्जित ताम्राकारलगायतको उपस्थिति रहेको थियो ।
अहिलेको २१ औँ शताब्दीमा पनि जातीय विभेदका नाममा हुने यस्ता अमानवीय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।
दलित आयोगका पूर्वसदस्य ताम्राकारले मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने र पीडकलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो । पूर्वसांसद राजिवविक्रम शाहीले राज्यका हरेक निकायमा सम्पूर्ण जातजातिको समान सहभागिता हुने गरी संविधानमा उल्लेख भए पनि अझै समुदायस्तरमा चेतनाको कमीका कारण यस्ता घटना हुने गरेको बताउनुभयो ।
ग्रामीण क्षेत्रमा जातीय विभेदविरुद्धका अभियानहरु सरकारले सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित तीन जनाको ज्या नगएकाे छ भने १२ जना घाइते भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।